आईएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

आईएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। यस कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ। 

आईएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो।

यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ। 

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Logo