भगवती हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्काशन गर्दै

भगवती हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्काशन गर्दै

केन्द्रबिन्दु
0
Shares

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा असार २४ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सेयरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं १३, १४, २६ र २७ ९ साविकको पोखरा उप-महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्ने छन्।

Skip This
Skip This
Logo