श्रीजनशील लघुवित्तको साधारणसभा बस्दै

श्रीजनशील लघुवित्तको साधारणसभा बस्दै

केन्द्रबिन्दु
0
Shares

श्रीजनशील लघुवित्त वित्तीय संस्थाको शुक्रबार वार्षिक साधारणसभा बस्दैछ। सभा संस्थाकै केन्द्रीय कार्यालय गोलबजार, ७ सिराहामा बिहान ११ बजेबाट सुरु हुनेछ। संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। 

सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ। त्यसका साथै अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस हुनेछ। सभा प्रयोजनका लागि संस्थाले असार ४ गते बुक क्लोज गर्ने गरीसकेको छ। तसर्थ, असार ३ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्। 

श्रीजनशील र मानुषी लघुवित्त एक आपसमा मर्ज हुँदैछन्। यी दुई बीच चैत ३ गते एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको छ। दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन्।

हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ। एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ। दुवै कम्पनीले आइपीओ जारी गरिसकेका छन्।

Skip This
Skip This
Logo