नेपाल रेमिट र नबिल बैंकबीच सम्झौता

नेपाल रेमिट र नबिल बैंकबीच सम्झौता

केन्द्रबिन्दु
0
Shares

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा‍लि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । 

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स हेड मनीषा श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ । 

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

Logo