यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।  जसअनुसार,नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य ५०रुपैयाँ,रातो आलु ४४ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ,स्थानीय काउली ५०रुपैयाँ,लोकल बन्दा ५ रुपैयाँ,प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, राजमा सिमी ९०,भटमासकोशा ९०,तितो करेला ८०,लौका ७०,परवललोकल ९०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ४०, घिरौंला८०,भिण्डी ९०, स्कूस ५०, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००,ब्रोकाउली ६०,तोफु११०,लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

आज,तोरीको साग ४०,रायो साग ८०, हरियो प्याज ९०, हरियो लसुन९०,धनियाँ १५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै,फूजी स्याउ केजीको ३००, तरबुजा हरियो८०,मालदह आँप ७०,मौसम २२०,अंगुर हरियो ३८०, मेवा १३०, लिच्ची नेपाली १००,अनार ३८०,केरा दर्जनको १४०,रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Logo