ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

केन्द्रबिन्दु
0
Shares

ङादी ग्रुप पावरले १००  प्रतिशत  हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ। त्यसपछि प्रस्ताव साधारण सभामा पेश हुनेछ। सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र सेयर जारी हुनेछ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ। हाल यस हाइड्रोपावरको चुक्ता पुँजी  १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २०० रुपैयाँ रहेको छ। १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ।  

Skip This
Skip This
Logo