कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार आज गोलभेडाको मूल्य स्थिर नै रहेको छ। आइतबार ९० रुपैयाँमा विक्रि भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य पनि ९० रुपैयाँ नै तोकिएको छ। रातो आलु ४६ रुपैयाँमा र सेतो आलु ३४ रुपैँया न्यूनतम मूल्यमा बिक्रि भइरहेको छ।
त्यस्तै, स्थानीय काउलीको मूल्य पनि वृद्धि भएको छैन। काउली आज ७० रुपैयाँमा विक्रि भईरहेको छ । लोकल बन्दाको मूल्य पनि स्थिर छ। बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ । लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ८०, परवल ५०, फर्सी पाकेको ४० प्रतिकेजीमा खरीद बिक्री भैरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
त्यस्तै, पालुंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैँया मूल्य रहेको छ। केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँप मालदह १००, तरबुजा हरियो ८०, किवि ८००, लिच्ची १४० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।





























प्रतिक्रिया