काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । विहिबार उच्च विन्दुमा कारोवार भएको सुन आज प्रतितोला २ सयले घटेको छ । सुन आज प्रतितोला २ सय रुपैंयाँले घटेर ९२ हजार २०० रुपैंयाँमा कारोबार भइरहेको हो ।
मंगलबार प्रतितोला ७०० रुपैंयाँले बढ्दै सुन ९० हजार ९०० रुपैंयाँमा कारोबार भएको थियो । बुधबार पनि ६ सय रुपैंयाँले बढेर ९१ हजार ५०० रुपैंयाँमा कारोबार भएको थियो । विहिबार सुन ९ सय रुपैंयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७६० मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज ९८० रुपैंयाँमा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया