सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर जितु नेपाल

सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर जितु नेपाल

केन्द्रबिन्दु
0
Shares

चर्चित हास्य कलाकार जितु  नेपाल रेमिट्यान्स कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको ब्रान्ड एम्बेसेडर भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडी क्लबकाे निर्माता  र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच ब्रान्ड एम्बेसेडर हुने आपसी सम्झौता भएको छ ।

यस कार्यक्रमका मुख्य पात्रका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की छन्  भने कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भागमा देखिने छन्। 

सो कार्यक्रम चैत २ गते देखि नियमितरूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबका नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ। सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने छ 

Logo