‘ऋणको सावाँ र व्याज तिर्न नसक्नेलाई समय थप्छौँ’–गभर्नर

‘ऋणको सावाँ र व्याज तिर्न नसक्नेलाई समय थप्छौँ’–गभर्नर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तभित्र ऋणको सावाँ र व्याज तिर्न नसक्ने ऋणीलाई समय थप गर्ने बताएका छन् ।

‘असार मसान्तभित्र तिर्न सक्नेले तिर्नुस् ,नसक्नेलाई हामीले समय दिन्छौ ।’ गभर्नर अधिकारीले भने । साथै बैंक तथा वित्तीय संस्थाले पनि ऋणीहरूलाई अनावश्यक तनाव नदिन गभर्नर अधिकारीले निर्देशन दिएका छन् ।

राष्ट्र बैंकले बिहीबार आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले प्राविधिक कारणले मौद्रिक नीति असारमा ल्याउन गाह्रो हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था र व्यवसायी दुवैलाई समेटने गरी मौद्रिक नीति आउने गभर्नर अधिकारीको भनाइ थियो । साथै अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले आत्तिहाल्नु नपर्ने उनको भनाइ थियो ।

 

Logo