आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। साेमबार प्रतितोला १४ सय ८० रुपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया