सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

सुनको मूल्य अहिले सम्मकै उच्च, कति पुग्यो आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन अहिले सम्मकै उच्च विन्दुमा कारोवार भइरहेको छ । सुन आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो ।

मंगलबार प्रतितोला ७०० रुपैयाँले बढ्दै सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि ६ सय रुपैयाँले बढेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ९६५ मा कारोबार भइरहेको छ । यस्तै चाँदी आज ९८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा २५ रुपैयाँ बढेको हो ।

Logo