कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
समितिले आजका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ। हिजोको तुलनामा लोकल सानो गोलभेँडाको मूल्य ५ रुपैयाँले बढेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको हो। ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ।
समितिका अनुसार रातो आलु प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ। दुवैको मूल्य स्थिर छ। तर, स्थानीय काउली प्रतिकेजी १० रुपैयाँले घटेर आज ६० रुपैयाँमाकिनबेच भइरहेको छ।
कालीमाटी बजार विकास समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ। गाजर लोकल प्रतिकेजी २० रुपैयाँले घटेर आएको छ। हिजो प्रतिकेजी १०० रहेको गाजर २० रुपैयाँ घटेर ८० रुपैयाँमा आएको हो।
घिउ सिमी लोकल ४०, राजमा सिमी ११०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ५०, मकै बोडी ५०, भटमासकोशा८०, तितो करेला ६०, लौका ५०, परवल३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ४०,कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ।
त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा ३० रुपैयाँ बढेर प्रतिकेजी ३५० पुगेको छ। कागती ११०, अनार ३८०,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।





























प्रतिक्रिया