नेप्सेमा सूचीकृत सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा बन्द भएको छ।
क्लोजिङ प्राइसका आधारमा युनिलिभरले मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाएको हो। यस दिन युनिलिभरको सेयर भाउ प्रतिकित्ता ३६ हजार ३०० रुपैयाँमा बन्द भएको छ। यो क्लोजिङ भाउ हालसम्मकै उच्च हो। सोमबार कुल ८१६ कित्ता सेयर कारोबार भएको छ।
यसको सेयर भाउ मंगलबार एकैदिन ८.३९% अर्थात २ हजार ८११ रुपैयाँले बढेको छ। यसदिन युनिलिभरको सेयर न्यूनतम ३२ हजार ८१९ रुपैयाँ ३० पैसादेखि अधिकतम ३६ हजार ४९९ रुपैयाँ ३० पैसासम्म खरिदबिक्री भएको छ। बन्द हुने बेलामा भने ३६ हजार ३०० रुपैयाँमा बन्द भएको हो।
कम्पनीले यसअघि जुन १२ तारिकमा बनाएको ३४ हजार ३९९ रुपैयाँको क्लोजिङ रेकर्ड मंगलबार तोडेको हो। युनिलिभरको सेयर भाउले गत जुन १३ तारिकमा इन्ट्राडे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो।





























प्रतिक्रिया