हाथवे इन्भेष्टमेन्ट नेपालको आजबाट आईपीओ खुला

हाथवे इन्भेष्टमेन्ट नेपालको आजबाट आईपीओ खुला

केन्द्रबिन्दु
0
Shares

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो। यसले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्नेछ। 

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको कुल १२.५०% का दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति पाएको छ। 

यसमध्ये हाथवेले पहिलो चरणमा बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको हो। साथै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ।

त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

यसमा प्रतिकित्ता ५० रुपैयाँका दरले न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। यो आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने अन्तिम म्याद साउन १८ गतेसम्म तोकिएको छ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्। 

यसमा ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।नेपालमा पहिलो पटक इन्भेष्टमेन्ट कम्पनीले आइपीओ जारी गर्न लागेको हो। यस कम्पनीले सेयर बजार, रियल स्टेटलगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको छ। 

Skip This
Skip This
Logo