नेपाली बजारमा भित्रिँदै बीवाईडी डल्फिन, नाडा अटो शोको आकर्षण बन्ने अनुमान

नेपाली बजारमा भित्रिँदै बीवाईडी डल्फिन, नाडा अटो शोको आकर्षण बन्ने अनुमान

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीको इलेक्ट्रिक कार ‘डल्फिन’ भित्र्याउने भएको छ । 

सन् २०२२ मा चीनमा धेरै बिक्री हुने ब्याट्री इलेक्ट्रिक सवारी साधनको चौथो नम्बरमा रहेको यो इलेक्ट्रिक कार आगामी भदौ महिनाको अन्त्यमा हुने नाडा अटो शोमा राख्ने तयारी भएको हो । यो नाडा अटो शोमा ग्राहकको आकर्षण बन्ने अनुमान गरिएको छ । 

ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ३०.७७ र ४४.९ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक पाउन सकिन्छ । यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।

कम्पनीका अनुसार यसमा ७० किलावाट क्षमताको मोटर जडान गरिएको छ, यसको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने छ । 

यस इलेक्ट्रिक कारको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ ।

यसमा फ्ल्याटवटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिने कम्पनीले जनाएको छ । 

Logo