नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीको इलेक्ट्रिक कार ‘डल्फिन’ भित्र्याउने भएको छ।
सन् २०२२ मा चीनमा धेरै बिक्री हुने ब्याट्री इलेक्ट्रिक सवारी साधनको चौथो नम्बरमा रहेको यो इलेक्ट्रिक कार आगामी भदौ महिनाको अन्त्यमा हुने नाडा अटो शोमा राख्ने तयारी भएको हो। यो नाडा अटो शोमा ग्राहकको आकर्षण बन्ने अनुमान गरिएको छ। ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ३०.७७ र ४४.९ किलोवाट आवरको दुई फरक ब्याट्री प्याक पाउन सकिन्छ।
यसमा पनि बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ। कम्पनीका अनुसार यसमा ७० किलावाट क्षमताको मोटर जडान गरिएको छ, यसको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने छ। यस इलेक्ट्रिक कारको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ।
यसमा निकै लामो २७०० एमएमको ह्विलबेस पाउन सकिन्छ। यसमा फ्ल्याटवटम मल्टी फङसनल स्टेयरिङ ह्विल, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको फ्लोटिङ टचस्कृन, इलेक्ट्रिकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडिको यात्रुलाई आर्मरेष्ट, प्यानारोमिक सनरुफ जस्ता फिचर पाउन सकिने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया