चार महिनाको विद्युत् महसुल साउन ७ गतेभित्र बुझाएमा जरिवाना नलाग्ने

चार महिनाको विद्युत् महसुल साउन ७ गतेभित्र बुझाएमा जरिवाना नलाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरस सङक्रमण पछि लकडाउनको अवधिको चार महिनाको विद्युत महसुल साउन ७ गते भित्र नै तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । प्राधिकरणले लकडाउन पछिको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत असार १९ गते लकडाउनका कारणले विद्युत महसुल तिर्न नपाएकाहरुको लागी साउन ७ गतेसम्म महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय भएको बताएका छन् ।

यस भन्दा अगाडी निर्धारित समयभित्र विद्युत महसुल भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो ।

सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोही अनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

Logo