मौद्रिक नीतिबारे के भन्छन् नाडाका अध्यक्ष र महासचिव?

मौद्रिक नीतिबारे के भन्छन् नाडाका अध्यक्ष र महासचिव?

केन्द्रबिन्दु
0
Shares

करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र मौद्रिक नीतिले भने केही चलायमान हुने देखिएको छ। कोभिड १९ को महामारी र नेपाल सरकारले २०७९ वैशाख १६ गतेदेखि मंसिरसम्म सवारी आयातमा लगाएको प्रतिबन्धले अटो क्षेत्र चलायमान खासै हुन सकेको छैन। 

तर नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोबाइल बजारको मनोविज्ञान उकास्ने रणनीति लिएको देखिएको छ। मौद्रिक नीतिले २५ लाख रूपैयाँसम्मको अटो कर्जाको भार १५० प्रतिशतबाट घटाएर एक सय प्रतिशत राख्नुपर्ने व्यवस्था गर्न लागेकाे जनाएकाे  छ। यस सम्बन्धमा राष्ट्र बैंकले छिट्टै परिपत्र जारी गर्ने समेत उल्लेख गरेको छ।

यस्तै नाडाका प्रतिनिधिले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी गाडी किन्दाको मूल्यको ५० प्रतिशत मात्रै ऋण पाइने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ८० प्रतिशत पुर्‍याइदिन सुझाव दिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति अटो व्यवसायले अपेक्षा गरे अनुसार नआएको बताएका छन्।

उनले भने,‘हामीले अपेक्षा गरेअनुसारको मौद्रिक नीति आएन। नीतिमा २५ लाखसम्मको कर्जामा हायर पर्चेज भनेको छ त्यसमा सीमा लगाउन हुने थिएन। किनभने २५ लाख भनेको इन्ट्री लेभलको गाडीमा मात्र सम्भव भयो अरुमा भएन। साधारण गाडीलाई ४० लाख देखि ५० लाखसम्म पर्ने गर्छ। जसले गर्दा यसमा हामीले अपेक्षा गरे जस्तो आएन्।’ 

यस्तै बैंक तथा वित्तीय क्षेत्रको लगानीका हिसाबले नेपालको अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको भन्दै व्यवसायी मर्कामा परेको जनाएको छ।

यो विषयहरु मौद्रिक नीतिले समेटेकोमा नाडा अटोमोबाइल्स एसोसिएसन सन्तुष्ट रहेको महासचिव सुरेन्द्र उप्रेतीले बताए। नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव उप्रेतीले पछि जस्तो मौद्रिक नीति आएपनि अहिले सार्वजनिक भएको मौद्रिक नीति अटो क्षेत्रलाई चलायमान बनाउने बताएका छन्।

उनले भने,‘जोखिमभार घटाउनेदेखि,सवारी कर्जालाई पुनरावलोकन गर्ने भनिएको छ। त्यसले गर्दा समग्रमा राम्रो भएको छ,करिब डेढ वर्षदेखि अटोक्षेत्रको व्यापार व्यवसाय बन्द भएको अवस्थामा थियो । शोरुममा गाडी थिएन। कति जना व्यवसायीले व्यापार छोड्न पर्ने स्थिति आएको थियो । धराशायी भएको बेला अहिले सार्वजनिक भएको मौद्रिक नीतिले गर्दा यस पटकको नाडा अटो शो उत्साहजनक हुनेछ ।’

Logo