बागमती प्रदेशले आजदेखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ। गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो।
नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ। यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उनको भनाइ छ ।
काठमाडौँ उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने बित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो। अब १८ रुपियाँ तिर्नुपर्ने सूचना अधिकारी पौडेलले बताए। काठमाडौँ उपत्यकामा पाँचदेखि १० किलोमिटरसम्म चढ्ने बित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ।





























प्रतिक्रिया