लकडाउनपछि बाइक किन्दै हुनुहुन्छ ? यस्ता छन् कम्पनीका अफरहरु (भिडियोसहित)

लकडाउनपछि बाइक किन्दै हुनुहुन्छ ? यस्ता छन् कम्पनीका अफरहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

करिब सात महिना अगाडि चीनको बुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) यतिबेला विश्वभरी नै फैलिएको छ । यसको प्रभावले विश्व मानव समुदाय तथा विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । यसको नियन्त्रण तथा रोकथामको लागि करिव चार महिनादेखि विश्व नै लकडाउनमा रहेको छ । लकडाउनले विश्वभरका उद्योग, कलकारखाना, व्यापार व्यवसाय ठप्प रहेको थियो । यसले गर्दा विश्व अर्थतन्त्र समेत तहसनहस भएको छ ।

यो महामारीबाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि लकडाउन भएको १ सय ७ दिन पुगिसकेको छ । तर, सरकारले तीन साता अघिदेखि लकडाउनलाई खुकुलो बनाएर केहि सहज बनाएको छ । यसले गर्दा अहिले केहि आर्थिक गतिविधि हुने क्षेत्र सार्वजानिक सवारीसाधन बाहेक उद्योग, कलकारखाना, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् । यसरी लकडाउन सहज भएसँगै निजी सवारी साधन बाइक किन्न चाहनेहरुको लागि विभिन्न कम्पनीले अफर ल्याएका छन् ।

यसरी अब कसैले नयाँ बाइक वा स्कुटर किन्ने तयारीमा हुनुहुन्छ भने अहिले उपयुक्त समय आएको छ । कोरोना महामारीकाबीचमा नै लकडाउन केही खुकुलो भए नेपालमा बाइक बिक्रेता कम्पनीहरुले नयाँ बाइक तथा स्कुटर किन्नेहरुका लागि लक्षित गरी विशेष छुटका अफर तथा स्किम ल्याएका छन् । कसको योजना कस्तो ?

 

 

Skip This
Skip This
Logo