हिमालयन लघुवित्तको मुनाफा संकुचित

हिमालयन लघुवित्तको मुनाफा संकुचित

केन्द्रबिन्दु
0
Shares

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन लघुवित्त अर्थात् साविकको सिभिल लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन्। यसअवधिमा यसको खुद नाफा ७८.५०% ले घटेर १ करोड ५३ लाख ७० हजार रुपैयाँमा आएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड १४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ भने खराब कर्जा बढेको छ। यसले नाफा प्रभावित भएको हो। खुद ब्याज आम्दानी २४.५२% ले घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँमा आएको छ। सञ्चालन नाफा पनि ७९.०४% ले घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ।

खराब कर्जा ०.९०% ले बढेर २.३७% पुगेको छ। यता, खुद नाफा घटेसँगै हिमालयन लघुवित्तको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ। प्रतिसेयर आम्दानी २० रुपैयाँले घटेर ४ रुपैयाँ ८१ पैैसामा आएको छ। प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा छ। 

यसअघिको सिभिल लघुवित्तको नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राखिएको हो। माउ कम्पनी सिभिल बैंक हिमालयन बैंकमा गाभिएसँगै सिभिल लघुवित्तको पनि नाम परिवर्तन गरेर हिमालयन लघुवित्त बनाइएको हो। 

Logo