एलआइसी नेपालको साधारण सभा आज

एलआइसी नेपालको साधारण सभा आज

केन्द्रबिन्दु
0
Shares

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को आज साधारण सभा बस्दैछ। सभा मध्यान्ह १२ः१५ बजे बस्नेछ। यसअघि दिउँसो ४ बजे बस्ने भनिएकोमा समय परिवर्तन गरेर १२ः१५ बजे निर्धारण गरिएको हो। 

साधारण सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा हुनेछ। यस कम्पनीले २० औँ साधरणा सभा डाकेको हो। यता,कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ।

लाभांश वितरण सम्बन्धी एजेन्डा छैन। यसले गत वर्ष भने २०% बोनस सेयर र कर तिर्न १.०५% लाभांश वितरण गरेको थियो। सभामा ४.६५% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ।

यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ। सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। यस्तै,आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गरिसकेको छ। साउन ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

Skip This
Skip This
Logo