एफडी मोटर्सका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने भएको छ । एफडी मोटर्सका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको ग्रन्थ इभी र बैंकबीच उक्त कर्जासम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंकबाट कर्जा लिएर स्कुटर खरिद गर्दा ग्राहकले व्याज वापतको रकम भुक्तानी गर्नुपर्दैन । साथै ३ लाखसम्म मूल्य पर्ने एफडी मोटर्सका कुनैपनि स्कुटर खरिद गर्दा ग्राहकले डाउनपेमेन्ट नगरी पुरै रकमलाई किस्तावन्दीमा भुक्तानी गर्न पाउनेछन् । बैंकबाट लिएको कर्जालाई ग्राहकले १२ देखी १८ महिनासम्मको किस्तावन्दीमा भुक्तानी गरिसक्नुपर्नेछ ।
हाल बजारमा उपलब्त्र रहेका एफ–५ र एफ–५ए गरी दुईवटा मोडलका इलेक्ट्रिक स्कुटरको मूल्य क्रमश: २ लाख ४९ हजार र २ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यो अफर ग्रन्थ इभीको सबै सोरुममा लागू हुने पनि बताइएको छ ।































प्रतिक्रिया