आयोगका उपाध्यक्ष श्रेष्ठसँग युनिसेफ नेपालकी प्रतिनिधिले गरिन् शिष्टाचार भेटवार्ता

आयोगका उपाध्यक्ष श्रेष्ठसँग युनिसेफ नेपालकी प्रतिनिधिले गरिन् शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ । 

युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर उपाध्यक्ष श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्। 

साे क्रममा उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षा लगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उनले बताए । 

सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो । केन्याकी नागरिक अकुंगा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानमा लगायतका देशमा बालबालिकाका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । 

Logo