चामल आयात उल्लेख्यरुपमा कमी, दाल र चिनीको पनि घट्यो

चामल आयात उल्लेख्यरुपमा कमी, दाल र चिनीको पनि घट्यो

केन्द्रबिन्दु
0
Shares

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् । 

शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक थापाले आयात कम भएको बताएका हुन् । उनले भने,'७७/ ७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो तर ७९ / ८० माजम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ । जसले  गर्दा  डिमाण्ड सप्लाईमा केही कमी भएको जस्तो छ । आयात कम भएको हो ।' 

महानिर्देशक थापाले आयात किन कम भएको हो भनेर कृषि विज्ञहरुसंग बुझ्ने क्रममा गत वर्ष बढी धान उत्पादन भएको खुल्न आएको बताए । त्यस्तै, दाल र चिनीको आयातमा पनि प्रत्येक वर्ष उल्लेख्य रुपमा कमी आएको उनको भनाइ छ । 

Skip This
Skip This
Logo