एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल (लाभांश) घोषणा भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार क्यापिटलको कार्यालय ट्रेड टावर नेपाल, थापाथलीमा बसेको संचालक समितिको १२९औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को लागि खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि इकाईधनी दर्ता किताब बन्द गरिएको छ ।
डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि ‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’ सञ्चालन गरिरहेको व्यहोरा अनुरोध छ । उक्त योजनामा सहभागी हुनको लागि एनआईसी एशिया क्यापिटलको वेवसाइट www.nicasiacapital.com वा सोझै यस लिङ्क https://bit.ly/3Ef0Kvw मा क्लिक गरि रितपुर्वक विवरण भर्नुपर्ने जनाइएको छ । रितपुर्वक आवेदन प्राप्त इकाईधनीहरुको प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ । ‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’ मा साउन ३२ गतेसम्म सहभागी हुन सकिनेछ ।
साउन ‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’ मा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम भदौ १ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने गरी वितरण गरिने बताइएकाे छ ।
‘डिभिडेन्ट रि इन्भेष्टमेन्ट प्लान’मा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन अर्थात साउन ३२ गते कायम प्रति इकाई खुद सम्पत्ति मूल्यले गणना गर्दा प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने एनआईसी एशिया क्यापिटलले जनाएको छ ।





























प्रतिक्रिया