पठाओले सुरु गर्‍याे पार्सल सेवा, सामानमा नोक्सानी भए क्षतिपूर्ति पाइने

पठाओले सुरु गर्‍याे पार्सल सेवा, सामानमा नोक्सानी भए क्षतिपूर्ति पाइने

केन्द्रबिन्दु
0
Shares

नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ ।

पठाओको कार लाइट (ट्याक्सी)को सेवा ४ वर्ष पूरा भएको अवसरमा बुधबार ‘पठाओ पार्सल’ सेवा सुरू गरिएको हो । अब काठमाडौँ उपत्यकाभित्र कतै सामानहरु पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने कम्पनीले जनाएको छ । 

“बिर्सिनु त स्वाभाविक हो! पठाओ पार्सल छँदै छ नि !” भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ ।

पार्सल सेवा राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको दाबी गर्दै पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले सामानहरू पार्सल गर्दा केही हानी/नोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत जानकारी दिए । 

पार्सल सेवाका लागि पनि पठाओ राइडरहरू नै परिचालन गरिने कम्पनीले जनाएको छ । पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ  । 

Logo