चालु साताको पहिलाे कारोबार दिन आइतबार सुनको भाउ स्थिर रहेकाे छ। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।
यस्तै तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेकाे छ। शुक्रबार १ हजार ३ सय ८० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया