नेपाल हेर्ने भियतनामी राजदूत न्गुयेन थानहाइले लुम्बिनी–भियतनाम सिधा उडानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागिसमेत राजदूत रहेका न्गुयेन थानहाइले आफ्नो स्वागतका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने बताए ।
उनले भने, ‘नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक छ ।’
भियतनामका लागि कन्सुलरसमेत रहेका नेपाली व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । भारतसंग भियतनामका सिधाहवाई यातायात सेवा स्थापना भएपछि भारत र भियनामको व्यापार र पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको भन्दै उनले नेपालमा पनि सिधा हवाई सेवा सुरु गर्नुपर्ने व्यवसायीहरुको भर्नाइ छ ।































प्रतिक्रिया