एनआईयू इलेक्ट्रिक स्कुटर खरिदमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
एनआईयू इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालि र इन्भेष्टमेन्ट मेगा बैंकबीच हालै सो द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘एनआईयू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा कर्जा प्रवाह गर्नेछ । यस्तो कर्जा स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुनेछ ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवद्र्धन गर्दै उपभोक्तालाई यसमा बानी पार्नु आवश्यक रहेको बताए ।
त्यस्तै, इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताए ।
नेपाली बजारमा एनआईयूको पोर्टफोलियोमा छ सिरिजका दुईपाङ्ग्रे सवारीसाधन उपलब्ध छन् । चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ ।





























प्रतिक्रिया