रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

केन्द्रबिन्दु
0
Shares

 रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’को छात्रवृत्ति कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। 

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको छात्रवृत्ति कार्यक्रममा १०९ विद्यार्थी सहभागी भएका थिए र एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिताका साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी छात्रवृत्तिका लागि उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु छनोट गरिएको थियो । 

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले प्रथम हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५हजार, दोस्रो हुनेलाई रु. ३ हजार ५००, तेस्रो हुनेलाई रु. २ हजार ५०० तथा सान्त्वनास्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु. १ हजार ५०० १ वर्षसम्म उपलब्ध गराउने निर्णयअनुरुप मकवानपुरका ११ जना विद्यार्थीहरुले छात्रवृत्तिमा छनोट भएका हुन्। 

छात्रवृत्ति पाउने विद्यार्थीमा प्रथम पुरस्कार पाउने ईशान्तकुमार मिश्र, दोस्रो पुरस्कार पाउने अंशु कुमारी र तेस्रो पुरस्कार पाउने रिजन कठायत रहेका छन्। सान्त्वना पुरस्कार पाउने विद्यार्थी शिवम पटेल, भुषण दाहाल, भोला कुमार साह कलवार, सुयोग अर्याल, दिपेश चौलागाईं, मनिषा कुमारी खड्का, जिज्ञासा पौडेल र विजय मोक्तान रहेका छन्।

विद्यार्थीलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टको आयोजनामा सञ्चालन गरिएको स्मार्ट विद्यार्थी स्मार्ट मकवानपुर छात्रवृत्ति योजनाले मकवानपुर जिल्लाका ११ जना विद्याथीलाई शैक्षिक क्षेत्रमा लाभान्वित गर्दै नयाँ विद्यार्थीहरुलाई पनि पठनपाठनतर्फ आकर्षित गरेर स्मार्ट विद्यार्थी बन्न थप मनोबल पुग्नेछ भन्ने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo