काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अनुमति प्राप्त भुक्तानी प्रदायक संस्थासँग मात्र सहकार्य गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तोकेको भुक्तानी प्रदायक संस्थासँग मात्र सहकार्य गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सञ्चालनको अनुमति नलिएका डिजिटल भुक्तानी संस्थालाई भुक्तानी पार्टनरका रुपमा लिएर कारोबार गरेको ठहर गरी सो निर्देशन जारी गरेको जनाएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा संचालन गर्न डिजिटल पेमेन्ट पाटनरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नु पर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थाहरुसँग मात्र गर्न÷गराउन आवश्यक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ राष्ट्र बैंकद्धारा जारी गएिको सूचनामा भनिएको छ ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ‘बैंक तथा वित्तीय संस्थाले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पाटनरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नु पर्दा अनुमति प्राप्त गरेका संस्थासँग मात्र गर्न र गराउन निर्देशन दिएको हो ।





























प्रतिक्रिया