नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि लिलामी सेयर खुल्दै

नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि लिलामी सेयर खुल्दै

केन्द्रबिन्दु
0
Shares

नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ। 

लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ। यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। नेसनल हाइड्रोपावरले  गत असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो। 

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो। यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर,नक्साल, काठमाडौँबाट आवेदन दिन सकिनेछ। साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन्। 

Skip This
Skip This
Logo