आज सेयर बजारसहित बैंक-वित्तीय संस्था बन्द रहने

आज सेयर बजारसहित बैंक-वित्तीय संस्था बन्द रहने

केन्द्रबिन्दु
0
Shares

सेयर बजार आज बुधबार बन्द हुने भएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुनेछन्। आज श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ। सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन्। 

अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक ६.४५ अंकले घटेर १९ सय ६१.३७ बिन्दुमा बन्द भएको थियो। जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Skip This
Skip This
Logo