नेपाल र चीनबीचको आर्थिक सम्बन्धले नयाँ रुप लिने सचिव मरासिनीको विश्वास

नेपाल र चीनबीचको आर्थिक सम्बन्धले नयाँ रुप लिने सचिव मरासिनीको विश्वास

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताएका छन् । 

नेपाल चीन सीमा ब्यापार सम्झौता कार्यान्वयनको पहिलो ब्याचको स्वागतका लागि  आयोजित कार्यक्रममा सचिव मरासिनीले भने ‘यो सहकार्यले दुई देशबीचको आर्थिक सम्बन्धका आधारभूत परिर्वतनको सुरुवात भएको छ ।’ 

उनले चिनियाँ पानी जहाज र सडक यात्राको माध्यमबाट तेस्रो मुलुकसम्म पनि सामानको आयात निर्यातको सुरुवातसंगै अब मुलुकको अर्थतन्त्र विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो सम्झौताबाट नेपालले अन्य देशमा आयात निर्यातको लागि चीनको समुद्री बन्दरगाह र नयाँ बाटोहरु पहुँच पाएको छ ।’ 

यस्तै, सो कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन सोङले, चीनले ट्रान्जिटमा ट्राफिक ह्यान्डल गर्नका लागि चार समुद्री बन्दरगाह र तीनवटा सुख्खा बन्दरगाहबाट आयात गर्न अनुमति दिएको बताए । 

उनले भविष्यमा थप सीमा बन्दरगाह खोल्ने, सडक र पूर्वाधारमा सुधार गर्ने भन्दै त्यसबाट दुबै पक्षलाई राहत मिल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ट्रान्जिट ट्रान्सपोर्ट जसमा हामीले चीनले ट्रान्जिटमा ट्राफिक ह्यान्डल गर्नका लागि चार समुद्री बन्दरगाह र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न आयात गर्न अनुमति दिएका छौं । भविष्यमा थप सीमा बन्दरगाह खोल्ने र सडक र पूर्वाधारमा सुधार गर्ने र यसबाट समय र चीनबाट आयात–निर्यात गर्ने वस्तुको लागत थप घट्ने विश्वास लिएको छु । जसले विश्वको पोस्ट रेटमा सकारात्मक प्रभाव पार्नेछ ।’

उनले नेपालसँग द्विपक्षीय व्यापार र ट्रेन्डिट व्यापारलाई सक्रियतापूर्वक प्रवर्द्धन गर्न सबै पक्षबाट कदम चालिरहेको भन्दै आजबाट कार्यान्वयनमा आएको सम्झौताले अन्तराष्ट्रिय व्यापारमा विविधता ल्याउने विश्वास लिएको बताए ।

उनले भने, ‘नेपालसँग द्विपक्षीय व्यापार र ट्रेन्डिट व्यापारलाई सक्रियतापूर्वक प्रवर्द्धन गर्न चीन पक्षले सबै पक्षबाट कदम चालिरहेको छ । अब चीन नेपाल पारवहन यातायात सम्झौता आजबाट कार्यान्वयनमा आएको छ, यसले अन्तराष्ट्रिय व्यापारमा विविधता ल्याउने र सारा विश्वसँग व्यापारलाई सहज बनाउने विश्वास लिएको छु । पोर्ट परिवर्तन गरेर, दुई साताभित्र तातोपानी आयातमा सामान ढुवानी भएको थियो ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त रुपमा उक्त समारोह सम्पन्न भएको हो । 

Logo