किन गएनन् कलाकार हरिबंश आचार्य ६ महिनासम्म पेट्रोल पम्प?

किन गएनन् कलाकार हरिबंश आचार्य ६ महिनासम्म पेट्रोल पम्प?

केन्द्रबिन्दु
0
Shares

कलाकार हरिबंश आचार्यले आफू ६ महिनासम्म पेट्रोल पम्प नगएकाे पुष्टि गरेका छन्। गत बुधबार भक्तपुरको सल्लाघारीमा बीवाईडीको नयाँ शोरुमको शुभारम्भ गर्ने क्रममा उनले साे कुरा बताएका हुन्। 

आफैंमा रमाइला रहेका हरिबंश आचार्यले उनलाई देख्दा पम्प धनीले अहिले छड्के आँखाले हेर्ने गरेकाे समेत बताए। उनले भने, ‘म अहिले पेट्रोल पम्प नगएको ६ महिना बढी भयो। पम्प वालाले अहिले मलाई देख्दा पनि आँखा तरेर हेर्छन्। यो आउन छाड्यो भनेर।’

कलाकार आचार्य बीवाईडीको नेपालका लागि ब्रान्ड एम्बेसडर समेत हुन्। उनले सोही हैसियतमा त्यहाँ बीवाईडी र इलेक्ट्रिक सवारी साधनको महत्व बारेमा पनि बताएका थिए।

Logo