राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो। कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ। बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ।

यस बैंकले ७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ जारी गर्न लागेको हो। यसमा वार्षिक १०.५ प्रतिशत  ब्याजदर तोकिएको छ। यो डिबेन्चरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।

Skip This
Skip This
Logo