एसिसी एसिया कपः श्रीलंकालाई हराउँदै भारत फाइनलमा

एसिसी एसिया कपः श्रीलंकालाई हराउँदै भारत फाइनलमा


श्रीलंकालाई हराउँदै भारत एसिसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ। श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा भारत ४१ रनले विजयी भएको हो ।

भारतले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ बलमा अलआउट भयो।  श्रीलंकाका लागि दुनिथ वेललेजले ४६ बलमा अविजित ४२ रन बनाए। धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए। 

भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २/२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा अलआउट हुदै २ सय १३  रन बनाएको थियो। 

भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले। पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। 

गिलले २५ बलमा १९ रन बनाए। शर्मालाई ५३ रनमा दुनिथले आउट गरेका थिए। तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए। 

राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए। एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ६० रन जोड्दा बाँकी  ७ विकेट गुमाएको थियो । 

श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिएका थिए। उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए। 

चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिएका थिए। महेश थिक्सनाले १ विकेट आफ्नो नाम गरे। बिहीबार हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ। फाइनल खेल आइतबार हुनेछ।

Logo