ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्यको उम्मेद्वारी घोषणा

केन्द्रबिन्दु
0
Shares

व्यवसायी विश्वराज बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको ४४औँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार घोषणा गरेका छन्। 

मंगलबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी बज्राचार्यको प्यानलले असोज १९ र २० गते हुन लागेको निर्वाचनका लागि उम्मेद्वारी घोषणा गरेका हुन्। “सम्मानजनक उद्योग र व्यापार, ललितपुर उद्योग वाणिज्य संघको मूलआधार’’ भन्ने नारा बोकेर सात सदस्यीय प्यानलको घोषणा गरिएको छ। 

बज्राचार्यको प्यानलले पारदर्शीता, नेतृत्वको विकास,सान्दर्भिकता र निरन्तरतालाई चार खम्बे अवधारणाको रुपमा अघि सारेर १५ बुँदे घोषणा पत्र जारी गरेको छ। 

उद्योग व्यवसायीहरुको मागहरुमा कानुनी ब्यवस्थालाई पूर्णता दिन सधैं शसक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने,नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरुको हितमा कार्यान्वयन गराउने, संस्थागत सुशासनमा जोड दिने,औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारीक सञ्जाल विस्तार र लगानी प्रर्वधन गर्ने देखि उत्पादनलाई ब्राण्डिङ गर्ने कपि राईट अवधारणालाई साकार बनाउने जस्ता विषयलाई घोषणा पत्रमा समेटेको छ। 

Logo