नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा बढाएको छ । स्रोतका अनुसार बैंकहरुले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाउँदै प्रतिदिन २० केजी सुन आयात गर्न भएका हुन् ।
यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो । यद्यपी राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन ।
२०७७ सालको १९ चैतमा राष्ट्र बैंकले २० केजी सुन आयात गर्न कोटा बढाएको थियो तर, पछि २२ फागुन २०७८ मा नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।





























प्रतिक्रिया