कसरी गर्न सकिन्छ सलहको नियन्त्रण ? विज्ञहरुको यस्तो छ सुझाव (भिडियोसहित)

कसरी गर्न सकिन्छ सलहको नियन्त्रण ? विज्ञहरुको यस्तो छ सुझाव (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

शनिबारबाट नेपालमा पनि सलह किरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पु¥याउने अभियान चलाउन आग्रह गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउन सकिने बताएको छ । यस्तै टनेल भित्रको बालीलाई वरिपरिबाट किरा छेक्ने गरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. सुनिल अर्यालले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने तर्फ ध्यान दिन डा.अर्यालले आग्रह गरेका छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपु¥याएको बताए । किराले क्षति नपु¥याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरि हावाको चाप नेपालतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई सूसुचित गरी तयारी अवस्थामा राख्न आग्रह गरिएको हो । खेतबारी, सार्वजनिक स्थान वा जंगलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ ।

यता कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले नेपालमा सलह १ महिनासम्म रहने पुर्वानुमान भएको बताएका छन् । डा.शर्माले वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने बताउँदै यसले अण्डा पार्न नपाएको खण्डमा एक महिनामै जोखिम न्यून हुने बताएका हुन् ।

उनका अनुसार वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ता भन्दा बढी बाँच्न सक्दैन भने बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्ने छ । यद्यपि वयस्क सलहलाई अण्डा पार्न भने राजस्थान नै जानुपर्ने हुन्छ ।

फौजी किरा जस्तै हुने सलह समूहमा हिड्ने तथा जहाँ हरियो देख्यो त्यहीं बस्ने र हरियो पात सखाप पार्ने प्रकृतिको हुने गर्छ भने, यसले गर्मी र मरुभूमिमा मात्र बच्चा जन्माउने भएकाले अन्य देशमा जस्तो असर नगर्ने अनुमान गर्न सकिने शर्माको भनाइ छ । शनिबारबाट नेपाल प्रवेश गरेको सलह सोमबारसम्म हावाकोे वेग अनुसार नेपालका जुनसुकै स्थानमा पुग्न सक्ने अनुमान गरिएको छ ।

 

Skip This
Skip This
Logo