असोज ३० गते लाभांश पारित गर्दै एभरेष्ट बैंक

असोज ३० गते लाभांश पारित गर्दै एभरेष्ट बैंक

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते २९औँ वार्षिक साधारण सभा बोलाएको छ। असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लैनचौर व्यांक्वेट, लैनचौर, काठमाडौँमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। 

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारित श्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

हाल बैंकको चुक्तापूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रूपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि बैंकको पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ। 

प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ। साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo