विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बने आर्थिक चहलपहल बढ्ने व्यवसायीहरूकाे दाबी

विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल बने आर्थिक चहलपहल बढ्ने व्यवसायीहरूकाे दाबी

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताएका हुन् ।

नेपाल पर्यटन फेडरेसनका अध्यक्ष रेवतबहादुर थापाले समग्र प्रदेशको उन्नतिका लागि प्रदेश राजधानी विराटनगरमा अन्तराष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल भए विदेशी पर्यटकको आगमन बढ्ने र त्यसले प्रदेशमा आर्थिक गतिविधि पनि वृद्धि हुने भन्दै थापाले पर्यटकीय क्षेत्रका बासिन्दा र पर्यटन व्यवसायी पनि लाभान्वित हुने बताए ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयषराज प्याकुरेलले विराटनगर विमानस्थलको धावनमार्ग विस्तारसँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहल गरिएको बताए ।
सकेसम्म बढी पर्यटक, उद्योगी व्यवयासीलाई प्रदेशमा भित्राउन सक्दा समग्र प्रदेशको आर्थिक चलायमान हुने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल हुँदा भारत, भुटान, भियतनाम, म्यानमार, बंगलादेश, मलेसिया, थाइल्याण्ड, इण्डोनेसिया, लाओस्, चीनको ग्वाङझाउ लगायतका स्थानको यात्रा नजिक सहज हुने सहभागीले बताएका थिए ।

Skip This
Skip This
Logo