नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, कति पाउलान् लगानीकर्ताले ?

नबिल ब्यालेन्स्ड फण्ड २ को प्रतिफल घोषणा, कति पाउलान् लगानीकर्ताले ?

केन्द्रबिन्दु
0
Shares

नबिल ब्यालेन्स्ड फण्ड २ ले लाभांश घोषणा गरेको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षका लागि आफ्ना इकाई धनीहरुलाई वितरण गर्ने ९.६ प्रतिशत प्रतिफल घोषणा गरेको हो।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले करसहित सो दरमा प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। फण्डको आकार १ अर्ब १२ करोड रुपैयाँ रहेको छ। 

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। यस अनुसार फण्डले १० करोड ७५ लाख २० हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्नेछ।

Skip This
Skip This
Logo