क्रोम्पटनको ‘यस दसैं-तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

क्रोम्पटनको ‘यस दसैं-तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ईन्डियाको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दशैं तथा तिहार लक्षित गर्दै क्रोम्पटनको ‘यस दशैं तिहार उपहारै उपहारको बहार’नामक योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ सिमित अवधिका लागि नेपालभर रहेका सिजिका विक्रेता कहाँ गइ उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरि हरेक शाता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्शन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई मिदियाको साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरुप प्रदान गरिनेछ। 

साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ। यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

Skip This
Skip This
Logo