सरकारले प्राधिकरण नै गठन गरेर युवालाई तालिम दिने प्रक्रिया अगाडि बढाएको छः अर्थमन्त्री महत

सरकारले प्राधिकरण नै गठन गरेर युवालाई तालिम दिने प्रक्रिया अगाडि बढाएको छः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री प्रकाशशरण महतले देश भित्रै रोजगारी सिर्जना गर्ने विषयमा सरकारले आवश्यक प्रयास गरिरहेको हो बताएका छन् । 

सिपमूलक तालिमका संभावना र योजना विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री  महतले  भने- ‘कसरी रोजगार सुनिश्चित गर्ने भन्ने किसिमबाट अहिलेको आवश्यकता, माग र प्रविधिहरुलाई मध्य नजर गर्दै योजना बनाउनुपर्ने हुन्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ ।’

रोजगारमूलक तालिमलाई प्रभावकारी बनाउन नीतिगत समस्या भए त्यसलाई सुधार्न सरकार तयार रहेको उनले बताएका छन् । ‘यो किसिमको रोजगारमूलक तालिमलाई यो महासंघ, सरकारी निकाय मार्फत प्रायोजित गर्ने, यसमा नीतिगत रुपमा कहाँ कमि कमजोरी छ, त्यसलाई ध्यान दिनु हुनेछ भन्ने लागेको छ ।’ उनले भने ‘विदेशमा जाने युवाहरुलाई मध्यनजर राखेर श्रम मन्त्रालयले पनि एउटा छुट्टै प्राधिकरण जस्तै गठन गरेर तालिम दिने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।’

अहिलेको माग र आवश्यकतालाई ख्याल गर्दै अघि बढ्न सबै पक्षले हातेमालो गर्नुपर्ने उनको भनाई छ । 

Logo