एनआईसी एशिया क्यापिटलद्धारा जानकारीमुलक सामगी प्रसारण

एनआईसी एशिया क्यापिटलद्धारा जानकारीमुलक सामगी प्रसारण

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा जानकारीमुलक सामगी प्रसारण गरेको छ । 

स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको कम्पनीले सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२३ को अवसरमा लगानीकर्ता तथा आम सर्वसाधारणहरुलाई साक्षर र सुसूचित गराउने मुख्य उद्देश्यका साथ विभिन्न जानकारीमुलक सामगी अर्थात भिडियो सन्देश सार्वजनिक गरेको हो ।

उक्त जानकारी मुलक भिडियोमा वैदेशिक रोजागारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर खरिद आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु, सर्वसाधारणमा निष्काशन गरेको शेयर बाँडफाँड प्रकृया, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत सूचिकृत कम्पनीहरुमा लगानी सम्बन्धी निर्णय गर्दा स्कोरबोर्डको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी समावेश गरी क्यापिटलका अधिकारीहरुले तयार पारी प्रसारण गरेको छ ।

Skip This
Skip This
Logo