सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

सिटिजन्स बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

सिटिजन्स बैंक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिनरहेकाे छ। आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ। बैंकले आइतबार मात्रै सबै ऋणपत्र बिक्री नभएको भन्दै समय थप गरेको थियो। तथापि, सोही दिन मागभन्दा बढी आवेदन परेकाले आजदेखि बिक्री बन्द गर्न लागेको जनाएको छ। 

बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएको हो। यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ। 

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। सिटिजन्सले १० वर्ष अवधिको ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गरेको हो। यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ। 
 
बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

Skip This
Skip This
Logo