सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा-भी लिन इच्छुकहरुका लागि एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ । काठमाडौंस्थित बिशालनगरको शोरुममा २८ गतेसम्मका लागि क्याम्प चल्नेछ ।
प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको बेला आसन्न चाड दशैंलाई लक्षित गरी सिजि मोटर्सले एक्स्चेन्ज क्याम्पको आयोजना गरेको हो ।
एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक बर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुल अफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भीले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
३८० कि.मी. रेन्ज, ०.५ रुपैया प्रति कि.मी. खर्च, १० वर्ष अथवा २,००,००० कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।





























प्रतिक्रिया